गृहमन्त्री खाणका भाईको मेयरमा अवस्था के छ ?

बुटवल । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाणले फराकिलो अग्रता कायम राखेका छन् ।

बुधबार बिहान साढे ६ बजेसम्म गणना भएको ५० हजार ९९८ मतको परिणाम सार्वजनिक हुँदा खाण ९८५ मतान्तरले अगाडि छन् ।

खाणले १९ हजार ४७२ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका मोहन चापागाईंले १८ हजार ४८७ मत पाएका छन् ।

उपमेयरमा भने एमाले उम्मेदवार जगेश्वरी चौधरीको जित पक्का भइसकेको छ । चौधरी माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेभन्दा दोब्बर मतले अगाडि छन् ।

तिलोत्तमा नगरपालिकामा वडा नं १, २, ३, ४, ५, १२, १३ १५, १६ र १७ नं. वडाको अन्तिम परिणाम आइसकेको छ । यीमध्ये वडा नं. १, ४, १२ र १५ मा एमाले र बाँकी सबैमा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।

Published : Wednesday, 2022 May 25, 10:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया