आफू हारेर कांग्रेसले ठूलो महानगरमा साथीलाई शानदार मतसहित जिताइदियो

काठमाडौं । कास्की जिल्लाको पोखरा महानगरपालिकामा एमालेको लज्जास्पद हार भएको छ ।

नेपाली कांग्रेसको सहयोगमा नेकपा (एकीकृत समाजवादी)का मेयरका उम्मेदवार धनराज आचार्यको शानदार जित भएको छ । आचार्य ५८८९३ मतसहित मेयरमा निर्वाचित भएकाा छन् ।

कांग्रेस पोखरामा आफू उप–मेयरमा पराजित भएर पनि एकीकृत समाजवादीलाई जिताएको छ ।

मेयरमा एमालेका कृष्णबहादुर थापा ५२८४८ मतसहित पराजित भएका छन् ।

उप–मेयरमा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित भएकी छिन् । गुरुङले ६०५४६ मत पाएकी छिन् । कांग्रेसकी उप–मेयरकी उम्मेदवार कोपिला रानाभाट ५६६६३ मतसहित पराजित भएकी छिन् ।

वडा नं. १ को वडाध्यक्षमा एमालेका शाहारा प्रधान, २ मा कांग्रेसका दिवसमान प्रधानाङ्ग, ३ मा कांग्रेसका प्रकाशमान उदास, ४ मा देवकृष्ण पराजुली, ५ मा एमालेका विष्णुप्रसाद बराल, ६ मा एमालेका विष्णुबहादुर भट्टराई, ७ मा कांग्रेसका राममोहन आचार्य, ८ मा एमालेका रुद्रनाथ बराल, ९ मा कांग्रेसका दीपेन्द्र मर्सानी र १० मा कांग्रेसका राजेश गुरुङ निर्वाचित भएका छन् ।

११ नं. वडामा कांग्रेसका प्रेमप्रसाद कर्माचार्य, १२ कांग्रेसका सन्तोष बास्तोला, १३ मा कांग्रेसका किरण बराल, १४ मा कांग्रेसका बोधबहादुर कार्की, १५ मा एमालेका तोरणबहादुर बानियाँ, १६ मा कांग्रेसका अमृत शर्मा तिमिल्सिना, १७ मा एमालेकी राधिकाकुमारी शाही वडाध्यक्षमा निर्वाचित भएका छन् ।

वडा नं. १८ मा कांग्रेसका शिवप्रसाद तिमिल्सिना, १९ मा कांग्रेसका पुष्पेन्द्र पाण्डे, २० मा एमालेका गंगाबहादुर खत्री, २१ मा एमालेका दीपकप्रसाद सुवेदी, २२ मा स्वतन्त्रबाट हिमलाल बराल, २३ मा कांग्रेसका रामकाजी गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् ।

वडा नं. २४ मा कांग्रेसका भरतबहादुर अधिकारी, २५ मा मोतीलाल तिमिल्सिना, २६ मा कांग्रेसका नरेन्द्र थापा, २७ मा कांग्रेसका पूर्णकुमार गुरुङ, २८ मा कांग्रेसका श्रीकृष्ण लामिछाने, २९ मा एमालेका श्रीप्रसाद गुरुङ, ३० मा कांग्रेसका दुर्गाप्रसाद सुवेदी, ३१ मा कांग्रेसका ढकनाथ कँडेल, ३२ मा कांग्रेसका अक्कलबहादुर कार्की र ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

Published : Wednesday, 2022 May 25, 10:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया