पूर्वमन्त्री थकालीको जिल्लामा के छ कांग्रेसको अवस्था ?

काठमाडौं । मुस्ताङ जिल्लामा नेपाली कांग्रेसले एउटा गाउँपालिकामा जित हासिल गरेको छ ।

कांग्रेसले एउटा पालिकामा उपाध्यक्षमा पनि जितेको छ । बाँकी पालिकामा एमालेले जितेको छ । मुस्ताङमा ४ वटा पालिका छन् ।

पूर्वमन्त्री रोमी गोचन थकालीको गृहजिल्ला मुस्ताङका केही वडामा कांग्रेसका वडाध्यक्ष र सदस्यहरू निर्विरोध पनि भएका छन् ।

कांग्रेसले घरपझोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरेको हो ।

अध्यक्षमा मोहनसिंह लालचन (७६०) र उपाध्यक्षमा जमुना थापा मगर (६९३) निर्वाचित भएका छन् ।

वडा नं. १ मा कांग्रेसका आशबहादुर थकाली (निर्विरोध), २ मा कांग्रेसका मनबहादुर हिराचन (निर्विरोध), ३ मा एमालेका फलेन्द्रप्रसाद थकाली, ४ मा यामप्रसाद थकाली र ५ मा एमालेका प्रदीप थकाली (निर्विरोध) वडाध्यक्षमा निर्वाचित भएका छन् ।

थासाङ गाउँपालिकाको अध्यक्षमा एमालेका प्रदीप गौचन (११४४) निर्वाचित भएका छन् । उपाध्यक्षमा कांग्रेसका सोमलाल हिराचन (१११२) निर्वाचित भएका छन् ।

वडा नं. १ मा कांग्रेसका सुरेश थकाली, २ मा एमालेका गौतम शेरचन, ३ मा कांग्रेसका हरिप्रसाद गौचन, ४ मा कांग्रेसका नरेन्द्र शेरचन र ५ मा कांग्रेसका रुपेश तुलाचन वडाध्यक्षमा निर्वाचित भएका छन् ।

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका लोप्साङ छोप्पेल विष्ट (५८९) मतसहित निर्वाचित भएका छन् ।

उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ (५८२) निर्वाचित भएकी छिन् ।

वडा नं. १ को वडाध्यक्षमा एमालेका टै धुन्टु ठकुरी निर्विरोध भएका छन् । २ मा एमालेका थुक्तेन छिरिङ गुरुङ निर्वाचित भएका छन्, ३ मा एमालेका झब्याङ तेञ्जीङ गुरुङ निर्विरोध भएका छन् । ४ माएमालेका झयाङ छेसा गुरुङ निर्विरोध भएका छन् । ५ मा एमालेका पासाङ गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् ।

वासागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्षमा एमालेका रिङजीन नामगेल गुरुङ (८६७) निर्वाचित भएका छन् । उपाध्यक्षमा एमालेकी ढिकी गुरुङ (७४९) विजयी भएकी छिन् ।

वडा नं. १ मा एमालेका प्रमेश गुरुङ, २ मा कांग्रेसका न्होरु गुरुङ, एमालेका विनोद गुरुङ, ४ मा कांग्रेसका कर्म घ्यचो गुरुङ र ५ मा एमालेका सुरेन्द्र गुरुङ निर्वाचित भएका छन् ।

लोमन्थाङ गाउँपालिकाको अध्यक्षमा एमालेका टसी न्हर्वु गुरुङ (६६८) निर्वाचित भएका छन् । उपाध्यक्षमा एमालेकी छयुमी विष्ट गुरुङ (६३२) विजयी भएकी छिन् ।

वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका पेमा आङग्या गुरुङ, २ मा एमालेका कर्म नाम्ङग्यल गुरुङ, ३ मा एमालेका आङजेन गुरुङ, ४ मा छिरिङ धिण्डु गुरुङ र ५ मा कांग्रेसका ढुकके विष्ट निर्वाचित भएका छन् ।

Published : Monday, 2022 May 23, 10:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया