विष्णु पौडेलको अर्को ठूलो नगरपालिकामा कांग्रेस फराकिलो मतले अगाडि

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार ४७१ मतले अगाडि छन् ।

आइतबार राति साढे ११ बजेको मतगणनाको अनौपचारिक जानकारी अनुसार कांग्रेसका मेयरका उम्मेदवार रामकृष्ण खाणले १२०८ मतसहित अग्रता लिएका छन् ।

एमालेका मोहन चापागाइँले १२३३७ मतसहित पछ्याइरहेका छन् ।

तिलोत्तमामा हालसम्म ३२९१५ मतको गणना भएको छ । मेयरमा उम्मेदवार बनेर अग्रता लिइरहेका खाण रुपन्देही कांग्रेसका सभापति हुन् ।

यसैबीच, तिलोत्तमा नगरपालिकाको वडा नं. ५ को वडाध्यक्षमा कांग्रेसका रमेश डुम्रेको प्यानल विजयी भएको छ ।

एमालेका विष्णु पौडेलको क्षेत्रमा पर्ने तिलोत्तमालाई कांग्रेसले ठूलो महत्वका साथ लिएको छ ।

बुटवल उप–महानगरपालिका जितिसकेको कांग्रेसले तिलोत्तमालाई पनि हातबाट फुत्किन नदिने पक्षमा छ ।

रुपन्देहीका अधिकांश पालिकामा कांग्रेसले जितेको छ । सिद्धार्थ नगरपालिका पनि कांग्रेसले जितिसकेको छ ।

Published : Monday, 2022 May 23, 7:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया