सोँच्नै नसक्ने गरी पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपियाँ वृद्धि गरेको निगमले पुनः १० रुपियाँ बढाएको हो । ८ दिनमै तेलको भाउ बढेको छ ।

निगमले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपियाँले वृद्धि गरेको छ ।

यसपालि निगमले हवाई इन्धन (आन्तरिक) र खाना पकाउने ग्यासको मूल्य पनि वृद्धि गरेको छ ।

हवाई इन्धन प्रतिलिटर १० रुपियाँले वृद्धि गरेर १६६ प्रतिलिटर कायम गरिएको छ ।

ग्यासप्रति सिलिण्डर दुई सय रुपियाँले वृद्धि गरेर १८ सय पुर्‍याइएको छ ।

मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १८०, डिजेल र मट्टितेल प्रतिलिटर १६३ रुपियाँ पुगेको छ ।

निगमले भारतबाट मूल्य बढेर आएको र बढ्दो घाटा व्यवस्थापन गर्न तथा पेट्रोलियम पदार्थको आपूर्ति तथा विक्री वितरण सहज बनाइराख्न मूल्यवृद्धि गर्नुपरेको जनाएको छ ।

चालु आर्थिक वर्षमा निगमलाई करिब ४७ अर्ब रुपियाँ घाटा भएको पनि निगमका सह–प्रवक्ता पुष्कर कार्कीले जनाएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाउ पनि बढ्नेछ ।

Published : Sunday, 2022 May 22, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया