‘डाउन’ भए केशव स्थापित, एमालेहरू झन् चकित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साहले दोब्बर मतले अग्रता लिइरहेका छन् ।

आइतबार पछिल्लो पटक सार्वजनिक भएको अनौपचारिक नतिजाअनुसार साहले ४१ हजार २ सय ७९ मतसहित अग्रता लिइरहेका छन् ।

नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंह २३ हजार ८ सय ५५ मतसहित दोस्रो स्थानमा छिन् ।

एमालेका मेयरका उम्मेदवार केशव स्थापित २३ हजार २४ मतसहित तेस्रो स्थानमा छन् ।

स्थापितले मनोनयन दर्ता गरेपछिका कार्यक्रमहरूमा अहँकारपूर्ण अभिव्यक्ति दिँदै आफूले जित्ने दाबी गरेका थिए । आइतबार मतगणना चलिरहेका बेला स्थापित तेस्रो स्थानमा पुगेका छन् ।

दोस्रो बन्न स्थापितले कांग्रेसकी उम्मेदवार सिंहसँग संघर्ष गरिरहेका छन् ।

राप्रपाका मेयरका उम्मेदवार मदनदास श्रेष्ठले २ हजार ४ सय ४ मत पाएका छन् ।

उप–मेयरमा एमालेकी सुनिता डंगोलले ३४ हजार १ सय २८ मतसहित अग्रता लिइरहेकी छिन् ।

उप–मेयरका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठ ११ हजार २ सय ६० मतसहित अग्रता लिइरहेका छन् ।

राप्रपाकी विनिता मगैयाले ७ हजार १ सय ९३ मतसहित पछ्याइरहेकी छिन् ।

Published : Sunday, 2022 May 22, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया