कांग्रेसले दिल खोलेर दुःखको साथीलाई ठूलो उप–महानगरमा जिताइदियो

काठमाडौं । नेपाली कांग्रेसले ५ दलीय गठबन्धनप्रति इमान्दारिता देखाएको छ ।

मकवानपुरको हेटौँडा उप–महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)लाई विजयी बनाएर कांग्रेसले इमान्दार साथीको दायित्व पूरा गरेको छ । हेटौँडामा कांग्रेसले जित्ने पक्का जस्तै थियो ।

एमालेका अध्यक्ष खड्गकप्रसाद ओलीको अधिनायकवाद र प्रतिगमन परास्त गर्न माधवकुमार नेपालले दिएको सहयोगप्रति आभार प्रकट गर्दै कांग्रेसले हेटौँडा उप–महानगरमा एकीकृत समाजवादीका मेयरका उम्मेदवार मीनाकुमारी लामालाई जिताइदिएको छ ।

एमालेले तीन दशकदेखि लालकिल्लाका रुपमा लिँदै आएको थियो । कांग्रेसको लालकिल्लालाई भत्काइदिएको छ ।

उप–मेयरमा कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् । यो जितमा माओवादी केन्द्रको साथ र समर्थन छ ।

लामा ०७४ को निर्वाचनमा एमालेबाट हेटौंडाको उप–प्रमुखमा निर्वाचित भएकी थिइन् ।

मेयरमा निर्वाचित एकीकृत समाजवादीकी उम्मेदवार लामाले २३ हजार ७५ मत प्राप्त गरेकी छिन् ।

लामाको प्रतिद्वन्द्वी एमालेका अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत पाएर पराजित भएका छन् ।

उप–मेयरमा कांग्रेसका बानियाँले ३२ हजार ५ सय ९३ मत पाएर विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले भन्दा ८ हजार ६ सय ८४ बढी मत बानियाँले पाएका हुन् ।

०४९ सालदेखि एमालेले हेटौंडामा जित हासिल गर्दै आएको थियो ।

एमाले हेटौँडामा ९ वटा वडामा सीमित हुन पुगेको छ । अघिल्लो निर्वाचनमा ५ वटा वडा जितेको कांग्रेसले यस पटक उप–मेयरसहित ८ वडामा जित हासिल गरेको छ । एकीकृत समाजवादी र माओवादी केन्द्रले एक/एक वडा जितेका छन् ।

Published : Sunday, 2022 May 22, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया