मलेसिया प्रकरणमा मन्त्री श्रेष्ठले गोकर्ण विष्टकै सिको गर्न थाले

काठमाडौं । तत्कालीन एमाले सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका कारण धरासायी बनेको

मलेसियाको वैदेशिक रोजगारीले भरखर टाउको उठाउन थालेका बेला हालका ‘कम्युनिस्ट मन्त्री’ले पेलेर दुःख दिने संकेत गरेका छन् ।

श्रममन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियामा श्रमिक पठाउने म्यानपावर कम्पनीहरूलाई रोजगारदाता कम्पनीबाट प्राप्त भएको हवाई टिकट खर्च, सेवा शुल्कको आम्दानी र खर्चको विवरण पेस गर्न आदेश दिएका छन् ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगार विभागमार्फत ७ दिने अल्टिमेटम दिएका हुन् । कोरोना महामारी र लामो समय धरासायी भएका व्यवासयीहरूलाई दुःख दिने उदेश्यले मन्त्रीले कदम उठाएको भनेर असन्तुष्टि बढेको छ ।

मलेसियाबाट श्रमिकको मागपत्र प्राप्त गर्न नेपाली व्यवसायीबाट अस्वस्थ प्रतिस्पर्धा भएको विभागको आरोप छ ।

मलेसियाले फेब्रअरी महिनादेखि पुनः श्रमिक भर्ना प्रक्रिया शुरु गरेको छ ।

मन्त्री श्रेष्ठले पनि तत्कालीन मन्त्री विष्टकै शैलीमा हर्कत गर्न थालेपछि वैदेशिक रोजगार व्यवसायीहरू चकित परेका छन् ।

एमालेका तत्कालीन मन्त्री विष्टले व्यक्तिगत स्वार्थले गर्दा मलेसियाको रोजगारी गुमेको थियो ।

हालका मन्त्री श्रेष्ठले पनि विष्टकै हर्कत दोहो¥याउने हो भने समस्या हुनेछ ।

Published : Sunday, 2022 May 22, 7:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया