बालेनले अग्रता लिइरहेका बेला वडामा कांग्रेसको प्यानलै विजयी

काठमाडौं । मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले दोब्बर मतले अग्रता लिइरहेका बेला काठमाडौं

महानगरपालिकाको वडा नं. ८ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।

वडा नं. ८ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार आशामान संगत निर्वाचित भएका छन् । संगतले १५५७ मत प्राप्त गरेका छन् ।

संगतका निकटतम प्रतिस्पर्धी एमालेका वडाध्यक्षका उम्मेदवार उमेशकुमार कुइँकेलले जम्मा ७३८ मत मात्र प्राप्त गरेर पराजित भएका छन् ।

सदस्यमा कांग्रेसका शेखर देउला, सलोनी ओडारी, सरस्वती राजभण्डार र मीना सुनार निर्वाचित भएका छन् ।

Published : Saturday, 2022 May 21, 1:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया