विष्णु पौडेलले आफ्नै क्षेत्रको सबैभन्दा ठूलो उप–महानगरपालिका गुमाए

बुटवल । रुपन्देहीको बुटवल उप–महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार खेलराज पाण्डेयले जित सुनिश्चित गरेका छन् ।

शनिबार बिहान मतगणना भइरहँदा पाण्डेयको जित सुनिश्चित भएको हो । बाँकी रहेको मत सबै निकटतम प्रतिद्वन्द्वीले पाउँदा पनि कांग्रेसका पाण्डेयको जित सुनिश्चित छ ।

उप–मेयरमा एमालेकी सावित्रा अर्यालको पनि जित निश्चित भएको छ । अन्तिम वडाको मतगणना चलिरहेको छ ।

बुटवल उप–महानगरमा १९ वटा वडा छन् । १८ वटा वडाको मतगणना सम्पन्न भएको छ ।

कांग्रेसका पाण्डेले २५ हजार ६ सयभन्दा धेरै मत ल्याइसकेका छन् ।

निकटतम प्रतिद्वन्द्वी एमालेका बाबुराम भट्टराईले १८ हजार ६ सयभन्दा धेरै मत ल्याएका छन् ।

उप–मेयरमा एमालेकी सावित्रादेवी अर्यालले २० हजार ६०४ भन्दा धेरै मत पाएकी छिन् ।

उप–मेयरमा एकीकृत समाजवादीका चिनबहादुर गुरूङले १४ हजार ७ सयभन्दा धेरै मत पाएका छन् ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो क्षेत्रमा पर्ने बुटवललाई गुमाएका छन् ।

Published : Saturday, 2022 May 21, 12:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया