एमालेलाई घुँडा टेकाएर कांग्रेसकी नितु बनिन् उप–मेयर

बेलबारी । मोरङ जिल्लाको बेलबारी नगरपालिकाको उप–मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार ४४ वर्षीया नितु थापा निर्वाचित भएकी छिन् ।

शुक्रबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार कांग्रेसकी उम्मेदवार थापाले १३७३१ मत पाएर विजयी भएकी हुन् । थापाले आफ्ना प्रतिद्वन्द्वीलाई १२६ मतले पराजित गरेकी छिन् ।

कांग्रेसकी थापासँग एमालेकी उप–मेयरकी उम्मेदवार ५० वर्षीया तीलकुमारी नेउपाने १३७३१ मतसहित पराजित भएकी हुन् ।

बेलबारी नगरपालिकाको ११ वटामध्ये कांग्रेसले ६ वटा वडामा जित हासिल गरेको छ ।

वडा नं. १ मा कांग्रेसका मणिबहादुर पुलामी मगर, ४ मा चन्द्रबहादुर लिम्बु, ६ मा टेकबहादुर राई, ९ मा शालिग्राम बस्नेत, १० मा गंगाबहादुर याखा र ११ मा बिक्रम राई वडाध्यक्षमा निर्वाचित भएका छन् ।

Published : Friday, 2022 May 20, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया