आईजीपी सिंहले लगाइदिए एआईजी लामालाई दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बसन्तकुमार लामालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

शुक्रबार प्रहरी मुख्यालयमा आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सरकारले जेठ ६ गते प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति गरेको थियो ।

आईजीपी सिंहले पदोन्नति भएका एआईजी लामालाई बधाइ दिएका छन् ।

सिंहले हालै सम्पन्न स्थानीय तह निर्वाचनको समयमा नेपाल प्रहरीका कर्मचारीहरूले देखाएको व्यावसायिकताप्रति खुसी व्यक्त गरेका छन् ।

सो अवधिमा देखिएका दुर्बल पक्षलाई बिश्लेषण गरी कमजोरी देखिएमा सम्बन्धितलाई कारवाहीको दायरामा ल्याइने आईजीपी सिंहले चेतावनी दिएका छन् ।

एआईजी लामाले आफू सेवाको उत्तरार्धमा भए पनि प्रहरी नेतृत्वलाई सफलीभूत एवम् संगठनको गरिमालाई उच्च बनाउन क्रियाशील रहने बताएका छन् ।

Published : Friday, 2022 May 20, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया