शंकर पोखरलको उप–महानगरमा कांग्रेसले बढायो सुरुवाती अग्रता
तुलसीपुर । दाङको तुलसीपुर उप–महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका गेहेन्द्र गिरीले अग्रता लिएका छन् ।
बिहीबार बिहान करीव साढे ६ बजेको अनौपचारिक जानकारी अनुसार गिरीले ३६९० मत पाएका छन् ।
एमालेका मेयरका उम्मेदवार टीकाराम खड्काले ३६५७ सहित पछ्याइरहेका छन् ।
उप–मेयरमा एमालेकी स्यानी चौधरीले ३५३८ मतसहित अग्रता लिएकी छिन् ।
नेकपा (एकीकृत समाजवादी) जोगबहादुर रानाले २९७५ मत पाएका छन् ।
तुलसीपुर उप–महानगरमा कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन बनेको थियो ।
मेयरमा उम्मेदवार बनेका गिरी कांग्रेसका केन्द्रीय सदस्य हुन् । एमालेका मेयरका उम्मेदवार खड्का पूर्व जिल्ला अध्यक्ष हुन् ।
तुलसीपुर कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरी, एमालेका महासचिव शंकर पोखरेल र पूर्वसांसद एवम् एमालेकी केन्द्रीय सदस्य कोमल ओलीको उप–महानगर पर्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया