तुलसीपुर उप–महानगरमा कांग्रेसलाई सुरुवाती झट्का

तुलसीपुर । दाङको तुलसीपुर उप–महानगरपालिकामा नेपाली कांग्रेसलाई सुरुवाती झट्का लागेको छ ।

बुधबार साँझसम्म ४३९३ मत गणना हुँदा कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरी दोस्रो स्थानमा छ । एमालेका मेयरका उम्मेदवार टीकाराम खड्का पहिलो स्थानमा छन् ।

एमालेका खड्काले २००५ मत पाएका छन् । कांग्रेसका गिरीले १९४७ मत पाएका छन् ।

उप–मेयरमा स्यानी चौधरीले १९८८ मत पाएकी छिन् । नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर राना मगरले १४८० मत पाएका छन् ।

Published : Wednesday, 2022 May 18, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया