लिखुमा कांग्रेसका कार्की अध्यक्षमा निर्वाचित, मतदाता र शुभेच्छुकलाई दिए धन्यावाद

लिखु । ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अशोककुमार कार्की फराकिलो मतअन्तरले निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार अध्यक्षका उम्मेदवार कार्कीले आफ्ना प्रतिद्वन्द्वीभन्दा २८४ मत धेरै ल्याएका छन् । लिखुमा कांग्रेस बहुमत पदमा विजयी भएको छ । कार्कीलाई आगामी दिनमा काम गर्न सजिलो हुनेछ ।

कार्कीले ३७७६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मिलनकुमार विष्टले ३४९२ मत पाएका छन् ।

उपाध्यक्षमा एमालेकी अस्मिता थापा ४११६ मतसहित निर्वाचित भएकी छिन् । थापासँग कांग्रेसकी प्रेमकुमार दाहाल ३०८३ मतसहित पराजित भएकी छिन् ।

वडा नं. १ को वडाध्यक्षमा हिराबहादुर कार्की (२९०), २ मा कांग्रेसका रामकुमार बुढाथोकी (३३१), ३ मा एमालेका सोकर्ण श्रेष्ठ (६५९), ४ मा कांग्रेसका घनबहादुर कार्की (४९८), ५ मा मोहन कार्की (३३६) विजयी भएका छन् ।

वडा नं. ६ मा माओवादी केन्द्रका टीकाबहादुर क्याप्छाकी (३०३), ७ मा कांग्रेसका ताराबहादुर तामाङ (४२७), ८ मा पुरुषोत्तम पौडेल (७२८) र ९ मा केशवहरि ढुंगेल (४६६) वडाध्यक्षमा विजयी भएका छन् ।

यसैबीच, नवनिर्वाचत अध्यक्ष कार्कीले आफूलाई मतदान गर्ने मतदाता र शुभेच्छुकहरूलाई धन्यावाद दिएका छन् । उनले सबैको सहयोगले आफू लिखुको अध्यक्षमा निर्वाचित हुन सकेको भन्दै आभार व्यक्त गरेका छन् ।

कार्कीले आगामी दिनमा लिखुका जनताको इच्छा र आकांक्षाअनुसार काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

Published : Wednesday, 2022 May 18, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया