घोराही– १० मा कांग्रेसका युवा नेता पाण्डे वडाध्यक्षमा निर्वाचित

घोराही । घोराही उप–महानगरपालिकाको वडा नं. १० मा नेपाली कांग्रेस वडाध्यक्षमा विजयी भएको छ ।

बुधबार बिहान निर्वाचन आयोगद्वारा सार्वजनिक भएको अन्तिम नतिजाअनुसार कांग्रेसका ४३ वर्षीय दीपक पाण्डे वडाध्यक्षमा निर्वाचित भएका हुन् । पाण्डेले २२१७ मत पाएका छन् ।

पाण्डेका निकटतम प्रतिद्वन्द्वी एमालेका ४३ वर्षीय सुदन केसीले २०३३ मत पाएर पराजित भएका छन् ।

महिला सदस्यमा विजयी भएकी कांग्रेसकी ५० वर्षीया सरला ओलीले २१५८ मत पाएकी छिन् ।

कांग्रेसबाट दलित महिला सदस्यमा निर्वाचित ४८ वर्षीया केशरी विश्वकर्माले २०६९ मत पाएकी छिन् ।

दुई वटा सदस्य एमालेले जितेको छ । एमालेबाट ४९ वर्षीय मनकलाल थारुले १९५९ र ५४ वर्षीय मनबहादुर जिसीले १८९४ मतसहित सदस्यमा निर्वाचित भएका छन् ।

वडाध्यक्षमा उम्मेदवार बनेका राप्रपाका ५१ वर्षीय दीपेन्द्र बस्नेतले ११० मत पाएका छन् ।

स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका ५१ वर्षीय डिल्लीबहादुर वली र २७ वर्षीय पूर्णबहादुर घर्तीले १७ मत पाएका छन् ।

Published : Wednesday, 2022 May 18, 10:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया