काठमाडौं– २९ मा बालेनलाई कांग्रेसकी सिर्जनाले पछाडि पारिन्

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा फराकिलो अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’लाई पहिलो पटक धक्का लागेको छ ।

मंगलबार ६ बजेको अनौपचारिक मत परिणामअनुसार काठमाडौं महानगरपालिकाको वडा नं. २९ मा बालेनले कम मत पाएका छन् ।

बालेनलाई यो वडामा नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहभन्दा १ मत कम परेको छ ।

डिल्लीबजारको विजय मेमोरियल र पद्मकन्या कलेजको मतदान स्थलमा खसेका मतपत्रहरूको गणना भइरहेको छ ।

पहिलो १०० मतको गणना हुँदा सिर्जनाले ३३ मत पाएकी छिन् ।

स्वतन्त्र उम्मेदवार साहले ३२ मत पाएका छन् । एमालेका उम्मेदवार केशव स्थापितले १० मत प्राप्त गरेका छन् ।

एमालेकी उप–मेयरकी उम्मेदवार सुनिता डंगोलले २१, एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ र स्वतन्त्रतर्फ लौरो चुनाव चिन्ह भएका उम्मेदवारले ४ मत प्राप्त गरेका छन् ।

राप्रपाका मेयरका उम्मेदवार मदनदास श्रेष्ठले १ मत पाएका छन् । राप्रपाका उप–मेयरका उम्मेदवारले ११ मत पाएकी छिन् ।

Published : Tuesday, 2022 May 17, 6:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया