नवराज सिलवालको जिल्लाको गाउँपालिकामा अध्यक्षसहित सबै वडा कांग्रेसले जित्यो

ललितपुर । ललितपुरको महाँकाल गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा गणेश केसी विजयी भएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकी डोल्मामाया गोले विजयी भएकी छिन् । यो गाउँपालिकामा गठबन्धन बनेको थियो ।

गाउँपालिकाका छवटै वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले महाँकाल गाउँपालिकामा निर्वाचित कांग्रेसका सबै उम्मेदारहरूलाई बधाई पनि दिएका छन् ।

विजयी हुनेमा वडा नं १ मा रामप्रसाद घिमिरे, २ मा जोनी न्यासुर, ३ मा मनोजकुमार पराजुली, ४ मा कृष्णप्रसाद तिमल्सिना विजयी भएका छन् ।

वडा नं. ५ मा भूमिनन्द घिमिरे र वडा नं ६ मा विनोद चौरेल विजयी विजयी भएको ललितपुर कांग्रेसले जनाएको छ ।

ललितपुरमा एमालेबाट प्रतिनिधि सभा निर्वाचनमा पूर्व डिआईजी नवराज सिलवालले जितेका थिए । सिलवालको पार्टी एमालेले महाँकालमा कुनै पनि वडा जित्न सकेन ।

Published : Tuesday, 2022 May 17, 5:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया