कोमल ओलीको क्षेत्रको पालिकामा कांग्रेसको शानदार जित

तुलसीपुर । दाङको बबई गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा जितेको छ ।

अध्यक्षमा कांग्रेसका कुलबहादुर केसी र उपाध्यक्षमा बमकुमारी खड्का विजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित केसीले ६ हजार ६१५ मत प्राप्त गरेका छन् ।

केसीका निकटतम प्रतिस्पर्धी एमालेका भुवनेश्वर पौडेलले ५ हजार ५३८ मत प्राप्त गरेका छन् ।

गाउँपालिका अध्यक्षमा माओवादीका केन्द्रका भीमबहादुर वलीले २ हजार १८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसकी बमकुमारी खड्काले ६ हजार ४०० मत प्राप्त गरेर विजयी भएकी छिन् ।

खड्काकी निकटतम् प्रतिस्पर्धी एमालेकी सावित्रा विश्वकर्माले ५ हजार ४१४ मत प्राप्त गरेकी छिन् ।

माओवादीकी उपाध्यक्ष पदकी उम्मेदवार अञ्जु घर्तीले २ हजार २५६ मत प्राप्त गरेर पराजित भएकी छिन् ।

बबईका ७ वटा वडामध्ये चार वडामा कांग्रेसले जितेको छ । तीन वडामा एमालेले जितेको छ ।

बबई गाउँपालिका एमालेकी नेतृ कोइमल ओलीको निर्वाचन क्षेत्रमा पर्छ । एमालेले जित्ने प्रयास गरेपनि बबई कांग्रेसले जितेर कब्जा गरेको छ ।

Published : Tuesday, 2022 May 17, 2:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया