विष्णु पौडेलको क्षेत्रमा कांग्रेसको कमाल देखेर एमालेहरू छक्कै परे

बुटवल । बुटवल उप–महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार खेलराज पाण्डेयले अग्रता फराकिलो बनाएका छन् ।

मंगलबार बिहान ८ बजेको नतिजाअनुसार पाण्डेयले एमालेसँगको मतअन्तर बढाएर लगेको बुटवल कांग्रेसले जनाएको छ ।

पाण्डेयले अहिलेसम्म १०६११ मत पाएका छन् । एमालेका मेयरका उम्मेदवार बाबुराम भट्टराईले ७०८२ मत पाएका छन् ।
राप्रपाका मेयरका उम्मेदवार मृगेन्द्रकुमार शेरचनले २०६४ मत ल्याएका छन् ।

उप–मेयरमा एमालेका उम्मेदवार सावित्रीदेवी अर्यालले फराकिलो मतको अन्तर कायम राखेकी छिन् ।

अर्यालले ७८८३ मत पाएकी छिन् । सत्ता गठबन्धनका उप–मेयरका उम्मेदवार चिनबहादुर गुरूङले ५६८२ मत ल्याएका छन् ।

राप्रपाकी भगवती पाण्डेले २६८५ मत ल्याएकी छिन् । बुटवलमा मतगणना जारी छ ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्रमा पर्ने बुटवल उप–महानगरपालिका यस पटक कांग्रेसले खोसेर लैजाने संकेत देखिएको छ ।

Published : Tuesday, 2022 May 17, 9:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया