आईजीपी सिंहसहित उच्च अधिकारीहरूको गृहमन्त्रीद्वारा प्रशंसा

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणमा सरकारका विभिन्न निकायले गरेको सुरक्षा प्रबन्ध र व्यवस्थापनप्रति धन्यवाद व्यक्त गरेका छन् ।

खाणले प्रधानसेनापति प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई सुरक्षा प्रबन्धका लागि धन्यवाद व्यक्त गरेका हुन् ।

उनले परराष्ट्रसचिव भरतराज पौडेल र लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा राष्ट्रसेवक कर्मचारीहरूले गरेको चुस्तदुरुस्त व्यवस्थापनप्रति धन्यवाद व्यक्त गरेका छन् ।

छिमेकी मुलुकका प्रधानमन्त्री र आफ्नै देशको प्रधानमन्त्री आउँदा गरिएको सुरक्षा प्रबन्ध र व्यवस्थापन प्रशंशायोग्य रहेको गृहमन्त्री खाणले बताए । यसले लुम्बिनीप्रति हेर्ने भारतीय जनता र प्रधानमन्त्रीको नजर सकारात्मक भएको उनको भनाइ छ ।

गृहमन्त्री खाणको रुपन्देही गृह जिल्ला र लुम्बिनी निर्वाचन क्षेत्र हो ।

Published : Monday, 2022 May 16, 11:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया