मेटमणि चौधरीका आफ्नै भाई वडा मै पराजित


लमही । दाङको गढवा गाउँपालिकाको वडा नं. ७ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार राहुलदेव चौधरी विजयी भएका छन् ।

सोमबार आएको अन्तिम नतिजाअनुसार राहुलले ९९१ मतसहित जित हातपारेको पारेगढवा कांग्रेसका नेता शंकर योगीले जानकारी दिएका छन् ।

राहुलले नेकपा (एकीकृत समाजवादी)का वडाध्यक्षका उम्मेदवार पुरन चौधरीलाई पराजित गरेका हुन् । पुरनले ५०३ मत प्राप्त गरेका थिए ।

यसअघिको चुनावमा पनि सो वडामा कांग्रेसका राहुलदेवले नै वडाध्यक्षमा जितेका थिए ।

वडाध्यक्षमा पराजित भएका पुरन नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद मेटमणि चौधरीका भाई हुन् ।

गढवा गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)बाट मेटमणिले आफ्नी दिदी शान्ति चौधरीलाई उम्मेदवार बनाएका छन् । शान्तिको पनि जित्ने सम्भाना निकै कम छ ।

गढवामा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् ।

Published : Monday, 2022 May 16, 5:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया