शहीद लखन– ६ मा कांग्रेसका शरण लोकप्रिय मतसहित दोहोरिए

गोरखा । गोरखा जिल्लाको शहीद लखन गाउँपालिकाको वडा नं. ६ मा नेपाली कांग्रेसका उम्मेदवार शरण श्रेष्ठ निर्वाचत भएका छन् ।

सोमबार सार्वजनिक भएको नतिजाअनुसार श्रेष्ठ वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि पनि वडाध्यक्ष थिए ।

श्रेष्ठले ९ सय ३ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी भरतबहादुर आलेले ७ सय ३५ मत प्राप्त गरेका थिए ।

विजयी भएपछि श्रेष्ठले आफ्ना मतदाता र शुभेच्छुकहरूलाई धन्यावाद दिएका छन् । उनले आगामी दिनमा आफ्ना मतदाताको चाहना बमोजिम काम गरेर मतदाताको मन जित्ने प्रतिवद्धता जनाएका छन् ।

श्रेष्ठसँगै सदस्यहरूमा टकमाया परियार, डिलबहादुर गरञ्जा, होमबहादुर थापा र हस्तकुमारी गुरुङ निर्वाचित भएका छन् ।

Published : Monday, 2022 May 16, 3:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया