कांग्रेसका लागि अर्को चुनाव चिन्ह लिएर दोब्बर मतले जित्ने लोकप्रिय नेता, खतिवडाले दिए बधाई

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा विजयी भएका अध्यक्ष र उपाध्यक्षका उम्मदवारहरूलाई बधाई दिएका छन् ।

सोमबार बिहान अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र आश्रचन राई विजयी भएपछि खतिवडाले बधाई दिएका हुन् । खतिवडाले मानेभञ्ज्याङका जनताका सेवा र पालिकाको विकासमा ध्यान दिन आग्रह गरेका छन् ।

मतदाताले जसरी मतदान गरेर विश्वासका साथ जिताएका छन् त्यसैगरी विकास र जनतालाई सेवा गर्नुपर्ने खतिवडाले बताएका छन् ।

मानेभञ्ज्याको अध्यक्षमा रुम्दालीले ५०२१ मत पाएका थिए । रुम्दालीले प्राविधिक कारण चुनाव चिन्ह धारा लिएर उम्मेदवार बनेका थिए ।

रुम्दालीका प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ३८१५ मत पाएका थिए ।

उपाध्यक्षमा कांग्रेसका राईले ४७५० मत पाएका थिए । उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका उम्मेदवारले २५७७ मत पाएका थिए ।

रुम्दालीलाई टिकट दिएको भनेर ओखलढुंगाका केही नेताहरूले असन्तुष्टि जनाएका थिए । तैपनि रुम्दालीले रुखभन्दा फरक चुनाव चिन्ह लिएर पनि कांग्रेसका लागि जितेर देखाइदिएका छन् ।

Published : Monday, 2022 May 16, 2:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया