एमालेको हातबाट ठूलो उप–महानगर पनि गुम्न थाल्यो, कांग्रेस–माओवादीले खोसेपछि शंकर पोखरेल तनाबमा

घोराही । दाङ जिल्लाको घोराही उप–महानगरपालिकामा नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनका उम्मेदवारहरूले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

घोराहीमा गठबन्धनबाट मेयरमा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा छन् । शर्माले ४ हजार ५ सय ४७ मत ल्याएका छन् ।

शर्माका प्रतिस्पर्धी एमालेका उम्मेदवार नरूलाल चौधरीले ३ हजार ७ सय २६ मत प्राप्त गरेका छन् । चौधरी यसअघि घोराहीको मेयर पद जितेका थिए ।

अहिलेसम्म एमालेका उम्मेदवार चौधरीभन्दा गठबन्धनका उम्मेदवार शर्मा ८२१ मत अन्तरले अगाडि छन् ।

घोराहीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सरिता देवकोटाले ७७८ मत पाएकी छिन् ।

उप–प्रमुखमा कांग्रेसबाट उम्मेदवार भुपबहादुर डाँगीले ४ हजार ८ सय ६० मत प्राप्त गरेको दाङ कांग्रेसका सभापति शंकर डाँगीले जानकारी दिएका छन् ।

उप–प्रमुखमा एमालेबाट उम्मेदवार बनेकी हुमा डिसीले ३६१९ मत प्राप्त गरेकी छिन् ।

घोराही उप–महानगरपालिकामा ७६५२१ मत खसेको थियो । घोराहीमा करीव दस हजार मत मात्रै गणना भएको छ ।

एमालेका महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा घोराहीमा एमालेले आफ्नो पकड गुमाएको संकेत देखिएको छ ।

Published : Sunday, 2022 May 15, 11:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया