घोराहीमा एमालेको शासन ढल्ने संकेत, शर्मा र डाँगीले फराकिलो अग्रता बनाए

घोराही । दाङ जिल्लाको घोराही उपमहानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका हेमराज शर्मा डायमण्डले सुरुआती अग्रता लिएका छन् ।

घोराहीमा ३१७ मतगणना हुँदा शर्माले १७२ मत प्राप्त गरेका छन् । शर्मालाई नेपाली कांग्रेससहित ५ दलीय गठबन्धनको समर्थन रहेको छ ।

एमालेबाट मेयर पदका उम्मेदवार नरुलाला चौधरीले १४५ मत प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका भुपबहादुर डाँगीले १८० मत पाएका छन् ।

एमालेकी उपमेयरकी उम्मेदवार हुमा डिसीले १४० मत प्राप्त गरेकी छिन् ।

साढे तीन बजेको प्रारम्भीक नतिजाअनुसार घोराही उपमहानगरपालिकामा वडा नम्बर १४, १८ र १९ को मतगणना भइरहेको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका नरुलाल चौधरीले जितेका थिए । यस पटक एमाले पराजित हुने संकेत देखिएको छ ।

Published : Saturday, 2022 May 14, 4:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया