काठमाडौंमा बालेनको अवस्था के छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन्द्र साह ‘बालेन’ले अग्रता कायम राखेका छन् ।

मतगणनामा बसेका प्रतिनिधिहरुका अनुसार साहले २८७ मत प्राप्त गरेका छन् । साहले मतअन्तर पनि फराकिलो बनाएका छन् ।

एमालेका केशव स्थापितले १९२ मत पाएका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले १४८ प्राप्त गरेकी छिन् ।

दिउँसो दुई बजेसम्म साहले सबै उम्मेदवारहरुलाई उछिनेका छन् ।

Published : Saturday, 2022 May 14, 4:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया