रोल्पामा कांग्रेसलाई दाउँ लाग्यो, सेटले जितेपछि कम्युनिस्टहरु छक्कै परे

रोल्पा । रोल्पा जिल्लामा नेपाली कांग्रेसले गंगादेव गाउँपालिका वडा नं. १ मा खाता खोलेको छ ।

कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृतबहादुर ओलीले विजयी सुरुवात गरेका छन् ।

कांग्रेसका वडाध्यक्षका उम्मेदवार ओलीले ३ सय ८५ मतका साथ विजयी हासिल गरेका छन् । एमालेले २ सय ४० र माओवादीले २ सय २४ मत ल्याएका छन् ।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि कांग्रेसले नै अग्रता लिइरहेको छ ।

यसैबीच, गंगादेव गाउँपालिका वडा नम्बर ७ मा वडाध्यक्षका उमेदवार प्रेमप्रकाश केसी विजयी भएका छन् । वडा सदस्यहरु पनि कांग्रेसका सबै उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधि सभामा रोल्पाबाट वर्षमान पुनले जितेका थिए । कृष्णबहादुर महराले पनि निर्वाचनका बेला प्रचार गरेका थिए । माओवादीको लालकिल्लाका रुपमा परिचित रोल्पामा कांग्रेसले राम्रो उपस्थिति जनाएको छ ।

Published : Saturday, 2022 May 14, 4:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया