गृहमन्त्रीका भाईले एमालेलाई धुलो चटाइछाड्ने, तिलोत्तमामा कस्तो छ अवस्था ?

बुटवल । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसले दोब्बर मतसहित अग्रता लिएको छ ।

२५० गणना हुँदा कांग्रेसका रामकृष्ण खाणले १०१ मतले अग्रता लिएका छन् ।

एमालेका मोहन चापागाइले ९५ मतसहित खाणलार्इ पछ्याएका छन् ।

उपमेयरमा एमालेकी जागेश्वरी चौधरीले ८७ मत ल्याएकी छिन् । गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका हेमन्त पाण्डेले ४६ मत पाएका छन् ।

मेयरमा उम्मेदवार बनेका खाण रुपन्देही कांग्रेसका सभापति हुन् । उनी गृहमन्त्री बालकृष्ण खाणका भाई पनि हुन् ।

तिलोत्तमामा कांग्रेसले यस पटक एमालेलाई धुलो चटाउने गरेर तयारी गरेको छ । कांग्रेसका उम्मेदवारहरु अगाडि रहेपछि रुपन्देहीमा खुसीयाली छाएको छ ।

Published : Saturday, 2022 May 14, 3:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया