इलाम- १ मा झलनाथ खनालको वडा कांग्रेसद्धारा कब्जा, एमाले नराम्रोसँग पराजित

इलाम । इलाम जिल्लाको इलाम नगरपालिका–१ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार गायत्रीराम बस्नेत विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवारले वडाध्यक्षसहित ३ सदस्य जितेका छन् । यो वडा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको जन्मगाउँ पर्छ ।

बस्नेतले १ हजार ८१ मत ल्याएका छन् । प्रतिस्पर्धी एमालेका अम्बिकाप्रसाद गौतमले १ हजार २२ मत ल्याएर पराजित भएका छन् ।

वडासदस्यमा कांग्रेसकै मनकुमार गुरुङ, महिला वडा सदस्यमा डायना राई र दलित महिला सदस्यमा मुनादेवी रसाइली विजयी भएका छन् ।

Published : Saturday, 2022 May 14, 3:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया