भरतपुरमा रेनुको पसिना छुट्न थाल्यो, भाग्ने अवस्थामा पुग्यो भुइँकटहर

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय अधिकारीले अग्रता लिएका छन् ।

अधिकारीले ४१ मत पाएका छन् । जारी मतगणनाअनुसार अहिलेसम्म १०१ मत गणना भएको छ । माओवादी केन्द्रकी मेयरीकी उम्मेदवार रेनु दाहाल दोस्रो स्थानमा छिन् । दाहालले ३७ मत पाएकी छिन् ।

नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ मत पाएका छन् । पौडेलले भुइँकटहर चुनाव चिन्ह पाएका थिए । पौडेललाई कांग्रेसले कारबाही गरेर निष्काशन गरिसकेको छ ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३९ मत पाएका छन् । राप्रपाका उपमेयरका उम्मेदवार ३५ मत पाएका छन् ।

Published : Saturday, 2022 May 14, 2:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया