कांग्रेस देशभरि एकसयभन्दा धेरै पालिकामा अगाडि, एमाले धेरै पछाडि

काठमाडौं । देशभरि बिहान साढे ११ बजेको मतगणनाको प्रारम्भीक नतिजाअनुसार नेपाली कांग्रेस एमालेभन्दा दोब्बरभन्दा धेरै स्थानमा अगाडि देखिएको छ ।

२१३ मध्ये १०४ स्थानमा कांग्रेसको अग्रता रहेको छ ।

काठमाडौं महानगरसहित ठूला स्थानीय तहमा भने मतगणना भर्खरै सुरु भएका छन् । भरतपुर र पोखरा महानगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन ।

कांग्रेसले १ सय ४ स्थानीय तहमा अग्रता लिएको छ । २ स्थानीय तहमा कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले उपमेयर र उपाध्यक्षमा ७६ स्थानीय तहमा अग्रता लिएको छ । कांग्रेसले तीन उपमेयर र उपाध्यक्षमा जित हासिल गरेको छ ।

अग्रता लिने दलहरूमध्ये दोस्रो स्थानमा रहेको एमालेको ५८ पालिका रहेको छ । एमालेले तीन स्थानीय तहमा विजय हासिल गरेको छ । एमालेका उपमेयर र उपाध्यक्षमध्ये ६६ जनाले अग्रता लिएका छन् भने २ विजयी भएका छन् ।

अग्रता लिने दलहरूमध्ये तेस्रो स्थानमा माओवादी केन्द्र छ । माओवादीले ३२ स्थानीय तहका मेयर र अध्यक्षमा अग्रता लिइरहेको छभने ४० उपमेयर र उपाध्यक्षमा अग्रता लिइरहेको छ ।

जसपाले ४, एकीकृत समाजवादीले ३ स्थानमा मेयर र अध्यक्षमा अग्रता लिइरहेको छ । एकीकृत समाजवादीका २ स्थानीय तह प्रमुखले विजय हासिल गरिसकेका छन् ।

Published : Saturday, 2022 May 14, 11:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया