राप्ती गाउँपालिकामा माओवादीले खाता खोल्यो, वडा नं. ९ मा सुनारी विजयी

मसुरिया । दाङको राप्ती गाउँपालिकाको वडा नं. ९ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार रिमबहादुर सुनारी विजयी भएका छन् ।

शनिबार बिहान प्राप्त भएको अनौपचारिक जानकारी अनुसार सुनारीले जित हासिल गरेका हुन् । योसँगै राप्ती गाउँपालिकामा माओवादीले वडाध्यक्षमा खाता खोलेको छ ।

यो वडाबाट माओवादीले गाउँपालिकाको अध्यक्षमा ३५८ मत पाएको छ । नेपाली कांग्रेसले १९८ मत पाएको छ । एमालेले जम्मा ७६ मत पाएको छ । छातामा १ र गुलाफको फूलले १७ मत पाएको छ ।

Published : Saturday, 2022 May 14, 8:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया