दाङको राप्तीमा माओवादीको प्रारम्भीक अग्रता

मसुरिया । दाङको राप्ती गाउँपालिकामा माओवादी केन्द्रले प्रारम्भीक अग्रता लिएको छ ।

शुक्रबार रातिबाट शुरु भएको मतगणनामा ५ सय मत गणना हुँदा माओवादीका प्रकाश विष्टले २४० मत पाएका छन् । नेपाली कांग्रेसकी जगदम्बा चौधरीले १५८ मत पाएकी छिन् । एमालेले ५८ मत पाएको छ ।

स्वतन्त्रका उम्मेदवारले ७ मत पाएका छन् । राप्ती गाउँपालिकाको वडा नं. ९ बाट मतगणना गरिएको छ । यो वडामा माओवादी केही बलियो छ । माओवादी र जनमोर्चा मिलेर निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् ।

Published : Saturday, 2022 May 14, 7:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया