प्यूठानको कथित किल्ला भत्काउने रोज राणाको घोषणा, एमालेलाई धुलो चटाउन अन्य दलसँग गठबन्धन्


घोराही । नेपाली कांग्रेसका युवा नेता एवम् क्षेत्रीय सभापति रोज राणाले प्यूठान जिल्लामा माओवादी केन्द्र, राष्टिय जनमोर्चासँग चुनावी गठबन्धन गराएका छन् ।

सभापति राणाको विशेष पहलमा स्थानीय तहको निर्वाचनमा गठबन्धन बनेको हो । प्यूठान जिल्ला कथित कम्युनिस्टहरुको किल्ला मानिन्छन् ।
कम्युनिस्टको कथित किल्ला भत्काउन क्षेत्रीय सभापति राणाले माओवादी, जनमोर्चासहितका दलहरुसँग सम्वाद गरेर गठबन्धन गराएका हुन् ।

सभापति शेरबहादुर देउवाले गठबन्धन गरेर जान जिल्लाहरुलाई दिएको निर्देशनलाई प्यूठानका जिल्ला सभापति राणाले अनुशरण गरेका छन् । कांग्रेसलाई स्थानीय तहमा जिताउन माओवादी र राजमोसहितका दलका प्रतिनिधिसँग वार्ता गरेका हुन् ।

क्षेत्रीय सभापति राणाले प्यूठानका अधिकांश पालिकाहरुमा कांग्रेसले जित्ने बताएका छन् । उनले गठबन्धनका दलहरुसँग सम्वाद गरेर सहमतिको अन्तिम प्रयास गरिएको बताए । कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले निर्वाचनका बेला जे भएपछि आफ्नो पार्टीका उम्मेददवारलाई जिताउन अपील गरेका छन् ।

प्यूठान जिल्लामा ९ वटामा पालिका छन् । कांग्रेसले ५ वटामा प्रमुख र ४ वटामा उपप्रमुख पाएको छ ।

प्यूठान नगरपालिका, स्वर्गद्धारी नगरपालिका, गौमुखी नगरपालिका, नौ बहिनी गाउँपालिका झिम्रुक गाउँपालिका, मल्लरानी गाउँपाकिला, ऐरावती गाउँपालिका, सरुमारानी गाउाँपलिका, माण्डबी गाउँपालिका रहेका छन् ।

Published : Sunday, 2022 May 8, 12:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया