संगीतकार श्रेष्ठले पाए राष्ट्रिय संगीत पुरस्कार

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठले नातीकाजी राष्ट्रिय संगीत पुरस्कार पाएका छन् ।

सोमबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले संगीतकार श्रेष्ठलाई २०७७ सालको संगीत विधामा पुरस्कार प्रदान गरेकी हुन् ।

श्रेष्ठले आधुनिक गीतहरूमा विशेष दखल राख्छन् । उनले राष्ट्रिय भाव, आधुनिक, गजल, लोक लयका गीतहरूमा समेत संगीत दिएका छन् ।

श्रेष्ठले संगीतमा पुर्‍याएको योगदानको कदर गर्दै सरकारले यो पुरस्कार प्रदान गरेको हो ।

संगीतकार श्रेष्ठले नातीकाजीको नाममा रहेको पुरस्कार पाउँदा आफूलाई गर्व महशुस भएको बताएका छन् । पुरस्कार पाउने अवस्थामा पुर्‍याउने दर्शक, स्रोत र अग्रजहरूको ठूलो देन रहेको श्रेष्ठले बताएका छन् ।

उनले नातीकाजी राष्ट्रिय संगीत पुरस्कार पाएपछि आफूलाई झन् जिम्मेवारी बोध भएको प्रतिक्रिया दिएका छन् ।

दाङ जिल्लाको घोराही उप–महानगरपालिकाको हापुर निवासी संगीतकार श्रेष्ठ कठिन संघर्ष गरेर गीत संगीतको क्षेत्रमा पहिचान बनाउन सफल भएका हुन् ।

गायक शिव परियारले नातिकाजी राष्ट्रिय संगीत पुरस्कार पाएका छन् ।

रचनातर्फ अरुण तिवारीले पुरस्कार पाएका छन् । गायनतर्फ निशा देशारले पनि पुरस्कार पाएकी छिन् ।

२०७७ सालकै नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान भने १४ जनालाई प्रदान गरिएको छ ।

वाद्यवादनतर्फ नारायणदास कार्की ढली, साउन्ड इन्जिनियरतर्फ प्रदीप उपाध्याय, अर्केष्टा संगीततर्फ राजकुमार श्रेष्ठ र शास्त्रीय संगीततर्फ प्रभु ढकाललाई सम्मान गरिएको छ ।

गायनतर्फ उमेश पाण्डे, कुन्ति मोक्तान र सीताराम पोखरेललाई पुरस्कार प्रदान गरिएको छ ।

रचनातर्फ एसपी कोइराला, बीबी थापा, शहदेव ढुंगाना, शीला पन्त, ज्ञानेन्द्र गदाल, हरिभक्त बुढाथोकी र शीतल कादम्बिनीलाई नातीकाजी राष्ट्रिय विशेष संगीत सम्मान प्रदान गरिएको छ ।

नातीकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान नुपुर बनर्जी भट्टाचार्यलाई प्रदान गरिएको छ ।

Published : Tuesday, 2022 May 3, 5:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया