दाङका युवक काठमाडौंमा पक्राउ, ५३ वर्षीय महिलासँग भेटिए

काठमाडौं । काठमाडौंमा गेष्ट हाउसमा ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको बंगलाचुली गाउँपालिका–३ बस्ने २४ वर्षीय गुरुप्रसाद बिसी रहेका छन् । उनलाई प्रहरीले शनिबार पक्राउ गरेको जनाएको छ ।

गुरुप्रसादले ती महिलालाई काठमाडौंको नयाँबसपार्कस्थित गेष्ट हाउसमा राखेर जबरजस्ती करणी गरेको सूचना प्राप्त भएपछि प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, दाङको घोराही उप–महानगरपालिका–१८ मुसलवान डाँडाबाट ४ सय ८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित स्थानीय २९ वर्षीय दीपक वलीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

मुसलवान डाँडामा लागूऔषध ब्राउन सुगर बेच विखन गरिरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषधसहित उनलाई पक्राउ गरेको हो ।

Published : Sunday, 2022 April 24, 4:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया