गभर्नर फर्किएकै दिन शेयर ३६ अंकले गिरावट

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी फर्किएकै दिन शेयर बजार ३६ अङ्कभन्दा धेरैले घटेको छ ।

मङ्गलवार १३ अङ्कले बढेको नेप्से बुधबार ३६ दशमलव ७३ अङ्कले घटेर दुई हजार तीन सय २० दशमलव ५१ विन्दुमा झरेको हो ।

सबै समूहको शेयर ओरालो लागेकोमा विकास बैंक, बीमा, होटल र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

दुई सय २८ कम्पनीका ३५ लाख ७० हजार कित्ता शेयर एक अर्ब ४५ करोड ८७ लाख रुपियाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्तको १४ करोड १९ लाख रुपियाँको शेयर किनबेच भएको छ ।

बुधबार सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले तथा हिमालयन ऊर्जा विकास कम्पनी, तेह्रथुम पावर र युनियन हाइड्रो पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार राताम्मे भए पनि ग्रीन भेन्चर्स कम्पनी र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

Published : Wednesday, 2022 April 20, 4:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया