साथीको टाउको छिनालेर रातभरि सँगै बसेर भागेका यी केटाहरू बोर्डरबाट पक्राउ

टीकापुर । कैलाली जिल्लामा युवकको हत्या गरेर फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जानकी गाउँपालिका–९ अमरावती बस्ने २५ वर्षीय अर्जुन दासको हत्याको अभियोगमा बिहीबार ४ जनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–९ बस्ने १९ वर्षीय सुमित साउद, १९ वर्षीय भन्ने बमबहादुर बोहोरा ‘बमे’, १९ वर्षीय रोनी परियार भन्ने दिलिप दास र १९ वर्षीय मनोज भण्डारी रहेका छन् ।

जानकी गाउँपालिका–९ अमरावती सामुदायिक वनमा पुस ३ गते अर्जुन दासलाई मोवाईल चोरी गरेको आरोपमा कुटपिट गरी साजको रूखमा बाधेर खुकुरी प्रहार गरी विभत्स हत्या भएको थियो ।

हत्यापछि फरार रहेका उनीहरूलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका–१ बेलहिया सीमानाकाबाट फेला पारी पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । हत्यापछि उनीहरू भारतमा लुकेर बसेका थिए ।

पक्राउ परेका उनीहरूलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ ।

घटना विवरण

मिति २०७८/०९/०३ गते जिल्ला कैलाली, जानकी गा.पा.वडा नं.-९ अमरावती सामुदायिक वन-जंगलमा ऐ.स्थायी ठेगाना भएका वर्ष २५ को अर्जुन दासलाई मोवाईल चोरी गरेको आरोपमा मनोज भण्डारी समेतका साथीहरूको समूहले लागुऔषध (Nitravet-10) सेवन गरी कुटपिट गर्दै घाईते बनाई साजको रूखमा बाधी खुकुरी प्रयोग गरी घाँटी छिनाली विभत्स हत्या गरी फरार रहेका मनोज भण्डारी समेत ४ (चार) जना व्यक्तिहरूलाई जिल्ला रुपन्देही, सिदार्थ न.पा.वडा नं.०१ बेलहिया सिमानाकाबाट गोप्य सूचनाको आधारमा यस अपराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले मिति २०७९।०१।०१ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, कैलालीमा निजहरू विरुद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता रहेकोले थप अनुन्धान तथा कारवाहीको लागि मिति २०७९।०१।०२ गते जिल्ला प्रहरी कार्यालय, कैलाली पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको ।

पक्राउ व्यक्तिहरू

१. नाम : सुमित साउद
उमेर : १९ वर्ष
ठेगाना : जानकी-०९, कैलाली
२. नाम : बमे भन्ने बम बहादुर बोहोरा
उमेर : १९ वर्ष
ठेगाना : जानकी-०९, कैलाली
३. नाम : रोनी परियार भन्ने दिलिप दास
उमेर : १९ वर्ष
ठेगाना : जानकी-०९, कैलाली
४.नाम : मनोज भण्डारी
उमेर : १९ वर्ष
ठेगाना : जानकी-०९, कैलाली

अनुसन्धानको क्रममा खुल्न आएको कुराहरू

•घटना हुनभन्दा ३ दिन अगाडी कमल साउदको मोबाईल फोन हराएको विषयलाई लिई निजले सुमित साउदलाई शंका गरी कुटपिट गरेको ।

•सुमित साउद पिटिएको विषयमा मनोज भण्डारी र बम बहादुर बोहोरा समेतले कमल साउदको अं.रू.२५ हजार बराबरको लागुऔषध Nitravet-10 चोरी गरी जंगलमा लुकाएको ।

•अर्जुन दासले मोवाईल चोरी हर्के भाटलाई दिएको कुरा सुमित साउदले पत्ता लगाई उक्त मोवाईल कमल साउदलाई फिर्ता दिएको ।

•कमल साउदको मोवाईल चोरी गरेको र सुमित साउदलाई कुटपिट गरेको विषयमा मुख्य दोषी अर्जुन दास हो भनि मनोज भण्डारी, सुमित साउद, बमबहादुर बोहोरा, शुशिल मयाल, दिलिप दास, बादल विक, करण दर्नाल समेतले अर्जुन दासलाई कुटपिट गर्ने योजना बनाएको ।

•मिति २०७८/०९/०२ गते बेलुका अं.१८:०० बजे मृतक अर्जुन दास र निजका साथिहरू लागुऔषध सेवन गर्न उक्त सामुदायिक वनमा भेला भएका ।

•सबैजनाले लागुऔषधको सेवन गरे पश्चात: कमल साउदको चोरी भएको मोवाईल र सुमित साउदलाई कुटपिट गरेको विषयमा मृतक अर्जुन दासलाई दोषी देखाई सवैजना मिलेर कुटपिट गरी हातखुट्टा बाधी राखेको ।

•मृतक अर्जुन दासलाई हातखुट्टा बाधी ४/५ घण्टा राखे पश्चात: सवैजनाको मार्ने योजना अनुसार शुशिल मयालले खुकुरी उपलब्ध गराई आफू घर फर्केको । अं. राति २३:०० बजे मनोज भण्डारी लगायतका समूहले मृतक अर्जुन दासलाई साजको रूखमा हातखुट्टा बाधी खुकुरी प्रयोग गरी घाँटी छिनाली विभत्स हत्या गरी टाउको २ फीट टाढा राखी सवैजनाले लागुऔषध सेवन गरी रातभरी घटनास्थलमा नै बसेको ।

•मिति २०७८/०९/०३ गते विहान ०५:०० बजे मनोज भण्डारी, बादल विक, दिलिप दास, बमे बोहोरा, सुमित साउद र विवेक सिंह भारतको दिल्ली तर्फ लागेको र कनकलाल विक, करण दर्नाल, सुशील मयाल र नाम थर वतन नखुलेको सुशील मयालको साथी कैलाली मै लुकी बसेको ।

•सुमित साउद, मनोज भण्डारी, दिलिप दास र बमे बोहोरा भारतका विभिन्न स्थानमा बस्दै आएकोमा हाल काम खोज्दै जिल्ला रुपन्देही, सिदार्थ न.पा.वडा नं.०१ बेलहिया बोडरबाट मिति २०७९/०१/०१ गते १६:१५ बजे पक्राउ गरेको ।

Published : Friday, 2022 April 15, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया