किशुनजीको स्मृतिमा ललितपुरमा करातेको राष्ट्रिय प्रतियोगिता, देउवाद्वारा भव्य उद्घाटन

सातदोबाटो । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता’ उद्घाटन गरेका छन् ।

बिहीबार ललितपुरको सातदोबाटोमा देउवाले प्रतियोगिताको भव्य रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, उदयशम्शेर राणा, पूर्वमन्त्री शरतसिंह भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

कांग्रेस निकटको नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा करातो प्रतियोगिता शुरु भएको छ ।

यो प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २ सय १० खेलाडीको सहभागिता रहेको छ ।

महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको अन्तिम दिन शनिबार नेपाली कांग्रेसकी नेतृ आरजु राणाले पुरस्कार वितरण गरेर समापन गर्नेछिन् ।

Published : Friday, 2022 April 8, 9:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया