चीनले कब्जा गरेको बुढीगण्डकी आयोजना सरकारले खोस्यो

काठमाडौं । सरकारले चिनियाँ कम्पनीबाट १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना खोसेको छ ।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले स्वदेशी लगानीमा जलाशययुक्त जलविद्युत आयोजना बनाउने निर्णय गरेको हो ।

अघिल्लो सरकारले राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनीलाई बनाउन दिने निर्णय गरेको थियो ।

चिनियाँ कम्पनीबाट खोसेर स्वदेशी लगानीमा राष्ट्रिय गौरवको आयोजना बनाउने निर्णय भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिएका छन् ।

धादिङ र गोर्खा जिल्लामा पर्ने बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने भनेर पेट्रोलियम पदार्थबाट अर्बौ कर उठाइसकिएको छ ।

आयोजनाअन्तर्गत अहिलेसम्म ४८ हजार ९४८ रोपनी जग्गा अधिग्रहण भइसकेको छ ।

जग्गा अधिग्रहणका लागि ६४ अर्ब ८ करोड रुपियाँ खर्च भइसकेको छ ।

Published : Thursday, 2022 April 7, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया