नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकका सुनिल पौडेललाई नियुक्त गरेको छ ।

बिहीबार वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले ९ जनामध्ये टेलिकममा कार्यरतसहित तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

टेलिकमकी निर्देशक संगीता पहाडी अर्याल, बुद्धि आचार्य र सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलको नाम सिफारिस गरिएको थियो ।

पौडेललाई ल्याउनका लागि टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका संशोधन गरिएको थियो ।

Published : Thursday, 2022 April 7, 9:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया