भक्तपुरमा कौडाका १३ खेलाडीलाई लाखौँ रुपियाँसहित पक्राउ

भक्तपुर । भक्तपुरमा कौडा खेल्ने १३ जनालाई प्रहरीले ८ लाखभन्दा धेरै रकमसहित पक्राउ गरेको छ ।

चाँगुनारायण नगरपालिका–६ नगरकोट गैरीगाउँ बस्ने ३७ वर्षीय मनबहादुर तामाङको न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलबाट कौडा खेलिरहेको अवस्थामा मनबहादुर समेत १३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

होटलमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख २२ हजार ६० रूपियाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Wednesday, 2022 April 6, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया