सीआईबीद्वारा इलामका डाकमानलाई काठमाडौंमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ४२ वर्षीय डाकमान गुरुङलाई पक्राउ गरेको छ ।

सीआईबीले आइतबार काठमाडौंको बौद्धबाट गुरुङलाई बैंकिङ कसूर मुद्दामा पक्राउ गरेको जनाएको छ ।

तारकेश्वर नगरपालिका–५ बस्ने ईलामको सन्दकपुर ठेगाना भएका गुरूङलाई उच्च अदालत पाटनले फागुन २९ गतेको फैसलाले ३ दिन कैद र १५ लाख रूपियाँ जरिवाना ठहर गरेको थियो ।

कैद र जरिवाना ठहर भएपछि गुरुङ फरार रहेका थिए ।

गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी प्रभु बैंक लिमिटेड सिनामंगलमा रहेको खाताबाट रकम भुक्तानी हुने भनी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरेको प्रहरीले जनाएको छ ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

Published : Monday, 2022 April 4, 1:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया