बागलुङमा सादा पोशाकका प्रहरीद्वारा गुण्डा नाइकेलाई पेस्तोलसहित पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले ४० वर्षीय श्यामबहादुर रेश्मीलाई पेस्तोलसहित पक्राउ गरेको छ ।

प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपाने र ५ जना सादा पोशाकसहितका प्रहरीको टोलीले बुधबार बिहान साढे ९ बजे पक्राउ गरेको बागलुङका प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिए ।

बडीगाड गाउँपालिका–५ ग्वालीचौर बस्ने रेग्मलाई पक्राउ गरिएको ज्ञवालीले बताए । रेग्मीको साथमा रहेको मेड ईन यूएसए लेखिएको पेस्तोल, त्यसको म्यागेजिन र ४ राउण्ड गोली पनि बरामद भएको छ ।

रेग्मी विगत ४ वर्ष अगाडि हतियार केशमा जेलमा बसी छुटेका थिए । उनी गुण्डागर्दीमा संलग्न हुन सक्ने भएकोले प्रहरीले निग्रानी गर्दै आएको थियो ।

रेग्मीको साथमा पेस्तोल र गोलीहरू कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान भइरहेको एसपी ज्ञवालीले जानकारी दिए ।

बागलुङ जिल्लाको कमाण्ड सम्हालेपछि एसपी ज्ञवालीले अपराधमा संलग्नहरूलाई निगरानी बढाउनेदेखि चोरी कार्यमा संलग्नलाई पक्राउका कार्य गर्दै आएका छन् ।

Published : Wednesday, 2022 March 30, 1:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया