राप्ती गाउँपालिका– १ मा खेलकुद प्रतियोगिता सुरु

तीर्थराज ज्ञवाली

पाखापानी । दाङको राप्ती गाउँपालिकामा खेलकुद प्रतियोगिता सुरु भएको छ ।

मंगलबारदेखि युवाहरूलाई लक्षित गरेर स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ खेलकुद प्रतियोगिता सुरु भएको हो ।

राप्ती गाउँपालिका– १ को वडा कार्यालयको आयोजनामा भलिवल, क्रिकेट, ब्याडमिन्टन, फुटवल प्रतियोगिता सुरु भएको छ ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले प्रतियोगिताको उद्घाटन गरेका छन् ।

खेलकुद प्रतियोगितामा वडा नं. १ का खेलाडीहरूले सहभागिता जनाउनेछन् ।

भलिवल प्रतियोगितामा ६ टिम, क्रिकेट प्रतियोगितामा ५ टिम, ब्याडमिन्टन प्रतियोगितामा २४ टिम, फुटवल प्रतियोगितामा ५ टिमको सहभागितामार्फत करिव २ सय बढि युवाको प्रत्यक्ष खेलमा सहभागिता रहेको वडा सचिव विश्व पौडेलले जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष सुवेदीका साथै उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, वडाध्यक्ष ताराबहादुर डिसी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, शिक्षक फर्सुराम आचार्य लयायतको उपस्थिति रहेको थियो ।

खेलकुद प्रतियोगिता दुई दिन चल्ने संयोजक हीरा शर्माले जानकारी दिए ।

Published : Tuesday, 2022 March 29, 7:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया