सशस्त्र प्रहरीद्वारा कटुवा पेस्तोल बरामद

राजविराज । सशस्त्र प्रहरी बल नेपालले सप्तरी जिल्लामा कटुवा पेस्तोल फेला पारेको छ ।

राजगढ गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट सोमबार सशस्त्र प्रहरीले एक नाल कटुवा पेस्तोल बरामद गरेको जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका ब्यक्ति सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण सप्तरीबाट गस्तीमा खटिएको टोलीलाई टाढैबाट देख्नासाथै उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि सो झोलामा जाँच गर्दा उक्त पेस्तोल फेला परेको हो ।

बरामद कटुवा पेस्तोल नेपाल प्रहरीलाई बुझाइएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2022 March 29, 11:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया