बागलुङका गौतम अबैध बस्तुसहित ललितपुरमा पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरमा एक जनालाई चितुवाको छालासहित पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा प्रहरीले आइतबार पौने तीन बजे ललितपुरको पुल्चोकस्थित ललितपुर महानगरपालिकाको भवन अगाडि सडकमा एक जनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा बागलुङ जिल्लाको तमान गाउँपालिका–४ स्थाई वतन भई हाल काठमाडौंको सामाखुसी गणेशस्थान नजिक डेरा गरी बस्ने २७ वर्षीय को नरबहादुर गौतम रहेको प्रहरीले जनाएको छ ।

बा २ ज ४९५१ नं. को यामप्रसाद हर्मेलले चलाएको ट्याक्सीमा चेकजाँच गर्दा गौतमले सिमेण्टको बोरामा कालो प्लाष्टिकले बेरेर राखेको अवस्थामा चितुवाको छाला फेला परेको थियो ।

७ फिट ३ ईञ्च लम्वाई, ३ फिट ९ ईञ्च चौडाई भएको चितुवाको छाला साथमा लिई बिक्री गर्न आएको अवस्थामा उनलाई गौतमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2022 March 27, 6:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया