मोरङमा १४ किलो चाँदीको गहना लुटपाट गर्ने समूह पक्राउ

विराटनगर । मोरङ प्रहरीले १३ किलो चाँदीका गहना लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

मोरङको बेलवारी नगरपालिका–४ बेतना सिमसार क्षेत्रमा चाँदीको गहना लुटपाट भएको घटनामा संग्लग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका–३ बस्ने २५ वर्षीय सबिन विश्वकर्मा, महोत्तरीको बर्दिबास नगरपालिका–१ बस्ने ३४ वर्षीय मनोज ठाकुर, उदयपुरको रौतामाई गाउँपालिका–६ बस्ने २४ वर्षीय विशाल बिक र सुनसरीको ईटहरी उप–महानगरपालिका–५ बस्ने २४ वर्षीय बादल बिक रहेको विज्ञप्तिमा उल्लेख छ ।

चैत ८ गते बिहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबासतर्फ लैजाँदै गरेको १३ केजी चाँदीका गरगहना लुटपाट भएको थियो ।

घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले लुटपाटमा संग्लग्नमध्ये उनीहरूलाई चाँदीका गहनासहित पक्राउ गरेको जनाएको छ ।

घटनामा संग्लग्न हाल फरार १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2022 March 27, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया