बागलुङमा काठमाडौंकै झल्को दिने जुवाडेको ग्याङ ठूलो रकमसहित पक्राउ

बागलुङ । प्रहरीले बागलुङ जिल्लामा कौडा खेल्ने समूहका ८ जनालाई नगदसहित पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा शनिबार राति ८ बजे बागलुङ नगरपालिका– ३ मूलपानीस्थित प्रकाश रेग्मीको भुइँतलामा कौडा खेलीरहेका ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिए ।

प्रकाश रेग्मीको घरमा जुवा (कौडा) खेलेको भन्ने सूचना पाएपछि प्रहरी निरीक्षक विजय भण्डारीको नेतृत्वमा ७ जनाको टोलीले छापामारेको थियो ।

उनीहरूलाई पक्राउ गरेर कानून प्रक्रिया अगाडि बढाइएको छ ।

पक्राउ पर्नेमा बागलुङ– ३ का दिवसराज पन्त, पर्वतको कुश्मा नगरपालिका– १ का सुरेश श्रेष्ठ, डम्बर थापा, प्रकाश रेग्मी, गंगाबहादुर क्षेत्री, यज्ञराज पन्त, विष्णु आचार्य र पवर्तकै फलेवास– १० का भगवान रेग्मी रहेका छन् ।

जुवाको खालबाट प्रहरीले २ लाख एक हजार सत्तरी रुपियाँ र १६ थान कौडा नियन्त्रणमा लिएको एसपी ज्ञवालीले जानकारी दिए ।

एसपी ज्ञवालीले कमाण्ड सम्हालेको छोटो समयमा बागलुङमा जुवाडेहरूको समूह ठूलो रकमसहित पक्राउ परेको छ ।

Published : Saturday, 2022 March 26, 10:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया